कृषि

के हो ‘ब्ल्याक कर्न ? यस्ता छन् प्रयोग गर्नुका फाइदा

‘ब्ल्याक कर्न’ अर्थात कालो मकै एक विशेष प्रजातिको मकैको रुपमा चिनिने गरिन्छ । यो मकैमा कालो रंगद्रव्य भएकाले, यसका गेडा कालो रङ्गको हुने गर्दछ । ‘ब्ल्याक कर्न’ को पौष्टिक मूल्य साधारण मकैभन्दा उच्च भएकाले यसको उपयोगिता पनि धेरै रहेको छ । स्वादको हिसाबले कालो मकैमा हुने चिनीको मात्रा ११.९५ प्रतिशत हुन्छ, जुन साधारण मकै भन्दा ३ गुणा बढी  हुन्छ । परम्पारिक रूपमा कालो मकैको प्रयोग मेक्सिकोको मौलिक खाजाहरूमा सताब्दीऔं देखि प्रयोग हुँदै आएको पाइन्छ । 

यो मकैको बिरुवा तीन मिटर अग्लो हुन्छ । यसले बीस सेन्टिमिटर लामो मकैको कोसा उत्पादन गर्छ । यसलाई वर्षाको मौसममा पाइन्छ । यसको अंकुरण हुन र वृद्धि विकासका लागि न्यानो तापक्रमको आवश्यकता पर्दछ । 

यो प्रजातीको मकै करिब २ हजार वर्ष पुरानो भएको पाइन्छ ।  यसका उत्पादन र प्रयोग दक्षिण अमेरिका र पेरुमा हुदै आएको छ । सन् १८६० मा उत्तर अमेरिकाले कालो मकैंको बिऊ उत्पादन गरेको थियो । यस्तो प्रजातीको मकै अन्य देशहरुमा उत्पादन हुँदैन ।

कसरी खाने ?

१.अन्य मकै जस्तै उसिनेर, भुटेर, रोस्ट गरेर, ग्रिल गरेर खान सकिन्छ । 

२. कालो मकैसँग बटर, नुन र मरीच जस्ता मसलाको प्रयोग गरेर खादा राम्रो हुन्छ । यसलाई तरकारी झैँ तारेर रोटी वा ब्रेडसंग पनि खान सकिन्छ । 

३. कालो मकैलाई उसिनेर स्यालेड बनाई पनि खान सकिन्छ । यसलाई शीतल ड्रिंक (पिए पदार्थ) बनाएर पनि पिउन सकिन्छ । 

४. ब्ल्याक कोर्नको पल्प कुनै पनि जुस, साधारण पानी, कुनै पनि ककटेल वा मोक्टेलसँग ब्ल्याक कर्न सुहाउँदो मिश्रणको रुपमा प्रयोग गर्न सकिन्छ । 

५. फ्रिजरमा भण्डारण गर्दा खोया सहित स्टोर गर्दा राम्रो हुन्छ । 

यसको प्रयोगबाट एन्टीऑक्सीडेंटको पावर (विकृत कोणहरू नष्ट गर्न मद्दत गर्दछ), एन्टीइफ्लाफेसन (शरीरको कुनै पनि दुखाई कम गर्न मद्दत गर्दछ), प्रोटिन १०० ग्राम कालो मकैमा करिब ८ प्रतिशत प्रोटिनको मात्रा हुन्छ भने साधारण पहेँलोमा ५ प्रतिशत प्रोटिन हुन्छ ।

आइरन, थायमिन, रिबोफ्ल्याभिन, नीएसिन, म्याग्नेसयिम, फोलेट, फोस्फोरस र भिटामिन ए जस्ता पौष्टिक तत्वहरु कालो मकैमा पाइन्छ । कालो यसबाट चिचा मारोडा नामक चिसो पेय पदार्थ बनाइन्छ जो पेरुमा चर्चित छ । कालो मकैबाट मासाटो नामक मादक पद्धाार्थ पनि बनाइन्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत