प्रेरणा

“राम्रो कुरा सुनेर मात्र हुँदैन, परिवर्तन गर्नलाई त जीवनमा उतार्न सक्नुपर्छ”

काठमाडौँ । सकारात्मक बन्नको लागि राम्रा र जीवनउपयोगी कुरा सुन्ने र पढ्नु पर्दछ । साथै तिनलाई जीवनमा उतार्नु जरुरी हुन्छ । अनिमात्र जीवनमा परिवर्तन आउन सक्दछ । आउनुहोस् गौतम बुद्धसँग जोडिएको यो घटना मनन् गरौँ ।

गौतम बुद्ध जहाँ रहन्थे त्यहाँका मानिसहरुलाई उपदेश दिन्थे । कहिलेकाहिँ उनी कयौँ दिनसम्म एकै ठाउँमा रहन्थे । एकपटक उनी कुनै गाउँमा बसे र त्यहाँका मानिसहरुलाई दैनिक उपदेश दिइरहे । बुद्धको प्रवचन सुन्नको लागि धेरै मानिस त्यहाँ पुग्दथे । एक व्यक्ति नियमित रुपमा प्रवचनमा आइरहेका थिए ।

केहि दिन पछि ति व्यक्तिले बुद्धलाई भने- म धेरै समयदेखि तपाईंका सबै प्रवचन सुन्दै आएको छु । तर माफ गर्नुहोला, यी उपदेशले मलाई कुनै असर गरेको छैन । तपाईंले भनेका कुरा धेरै साँचो छन, तर मलाई यसको असर भइरहेको छैन । यसको कारण के हो ?

गौतम बुद्धले ति व्यक्तिलाई सोधे- तिमी कहाँ बस्छौँ ?

ति व्यक्तिले भने- म श्रावस्तीमा बस्छु ।

बुद्धले सोधे- यो स्थान यहाँभन्दा कति टाढा छ ? तिमी कसरी जान्छौँ ?

उसले भने- कहिलेकाहिँ घोडामा, कहिले बैलगाडामा बसेर जान्छु ।

बुद्धले फेरि सोधे- तिमी यहाँ बसीबसी श्रावस्ती पुग्न सक्छौँ ?

यो प्रश्नको उत्तरमा व्यक्तिले संभव नभएको बताए । उनले भने- यसको लागि त हिँड्नु पर्छ, तबमात्र म घर पुग्न सक्छु ।

बुद्धले भने- सहि कुरा । हामी हिँडेरमात्र हाम्रो लक्ष्यसम्म पुग्न सक्छौँ । ठिक त्यस्तै जबसम्म हामी राम्रो कुरा पालना गर्दैनौँ, तबसम्म हामीमा कुनै प्रवचनको कुनै असर पर्दैन ।

ति व्यक्तिलाई बुद्धको कुरा राम्रोसँग चित्त बुझ्यो । त्यो दिनदेखि उसले पनि बुद्धले बताएको मार्गमा हिँड्न सुरु गरे । केहि दिनमा नै उनको जीवनमा परिवर्तन देखिन थाल्यो । उनी क्रोध, लालच, मोह जस्ता नराम्रा कुराहरुबाट टाढा हुन थाल्यो ।

गाउँ सहर डेस्क

तपाईँको मत