समाज

कर्णाली प्रदेशमा चार सय ९४ फरार प्रतिवादी पक्राउ

कर्णाली । कर्णाली प्रदेशमा चार सय ९४ फरार प्रतिवादी पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४९४ फरार प्रतिवादी पक्राउ गरेको हो । 

प्रहरीको अनुसन्धानका क्रममा साउनदेखि कात्तिक महिनासम्म ४९४ फरार प्रतिवादीलाई पक्राउ गरी अदालत समक्ष बुझाएको प्रहरीले जनाएको छ । 

अभियान चालु आवको साउनदेखि देशैभरी सञ्चालन भइरहेको छ । कर्णालीमा फरार अभियुक्तको सङ्ख्या धेरै छ । यो प्रदेशमा खासगरी सामाजिक क्षेत्रसँग सम्बन्धित अपराध बढिरहेको प्रहरीले बताएका छन् ।

प्रहरीका अनुसार, साउनदेखि कात्तिकसम्म ३७६ फरार प्रतिवादीलाई पक्राउ परेका छन् । ‘प्रहरीको अनुसन्धानका क्रममा भने ११८ फरार प्रतिवादीलाई पक्राउ गरिएको थियो ।

पक्राउ पर्ने फरार प्रतिवादीमा सबैभन्दा बढी सुर्खेतका रहेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा फरार प्रतिवादीमा सुर्खेतका १५७, सल्यानका १३३, दैलेखका ६८, जुम्लाका ३१, मुगुका २८, कालीकोटका २१, जाजरकोटका २०, हुम्लाका १८, रुकुमपश्चिमका १३ र डोल्पाका पाँच जना छन् । 

फैसला कार्यान्वयनका सिलसिलामा पक्राउ परेका ३७६ प्रतिवादीलाई जिल्ला अदालतमा बुझाइएको छ । उनीहरुलाई २२७ वर्ष दुई महिना २९ दिन कैद हुनुका साथै रु ८४ लाख तीन हजार ९६७ जरिवाना असुल गरिएको छ । पुराना मुद्दाका ११८ फरार प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान गरेर कारवाहीका लागि सरकारी वकिल मार्फत जिल्ला अदालतमा उपस्थित गराइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत