समाज

विद्युत सर्ट हुँदा एक जनाको मृत्यु

सप्तरी । विद्युत सर्ट हुँदा एक जनाको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–१६ बोरिमा विहान विद्युत सर्ट भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको हो । विहान करिब ४ बजेतिर गोठमा आगलागी हुँदा गोठमा सुतिरहेको ८५ वर्षीय झलाही यादवको घटनास्थलमै मृत्यु भएको छ ।

शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनाराण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आगलागीबाट घरमा रहेको करिब एक लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो नेपाल प्रहरी, दमकल र स्थानीयवासीहरुको सहयोगमा करिब डेढ घण्टापछि नियन्त्रणमा आएको थियो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत