गाउँ सहर

कञ्चनपुरको महाकाली नगरपालिका आजबाट लकडाउन

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीका नामले चिनिँदै आएको महाकाली नगरपालिकामा आजबाट आंशिक रुपमा लकडाउन गरिएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्ष निकाल्दै नगरपालिकाले आंशिक लकडाउनको गर्ने निर्णय गरेको हो । नगरपालिमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले पुस ९ गतेसम्म नगरपालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, बैंकहरु बिहान १० देखि दिउँसो १ बजेसम्म खोल्न पाइने, किराना खाद्यान्‍न लगायत पसल पनि १० देखि १ बजेसम्म मात्रै खोल्न पाइने भएको छ । नगरपालिका र वडा कार्यालयमा अत्यावश्यक बाहेकका सबै सेवामा रोक लगाइएको जनाएको छ । 

भारतबाट आयात हुँदै आएका माछा, मासु लगायत सबै सामान दुईतर्फी रुपमा बन्द गर्ने निर्णय भएको नगरपालिकाले बताएको छ । खुला सीमाना भएका कारण सो क्षेत्रमा दुवै देशका नागरिक नेपाल तथा भारतमा सहजै आउने जाने गर्दछन् । 

गाउँ सहर डेस्क

तपाईँको मत