समाज

छोरी बलात्कार गरेको अभियोगमा बुवा पक्राउ

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बुवा पक्राउ परेका छन् ।

जिल्लाको त्रियुगा नगरपालिका–११ का ती पुरुषलाई केही समययता आफ्नै छोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार, छोरी बलात्कार गरेको अभियोगमा निवेदन परेपछि बिहीबार उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।  पीडित बालिकालाई जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराइएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 
 

गाउँ सहर डेस्क

तपाईँको मत