स्वास्थ्य

विश्वभर साढे ७ कराेड काेराेबाट संक्रमित, १६ लाख ६८ हजारकाे मृत्यु, एक लाख बढि गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड ७ लाख ५८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५ करोड २८ लाख ४६ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७ करोड ५२ लाख ७३ हजार नाघेको छ भने मृतकको संख्या १६ लाख ६८ हजार १६६ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ७ हजार २१३ जनाको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ७६ लाख २६ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख १७ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २८ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म १ कराेड २ लाख ९१ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ७० लाख १७ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९९ लाख ७७ हजार ८३४ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४४ हजार ८२९ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९५ लाख २० हजार ४४ जना निको भएका छन् । सक्रिय केस ३ लाख १२ हजार ९६१ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ७१ लाख ११ हजार जना संक्रमितमध्ये ६१ लाख ७७ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ८४ हजारभन्दा बढी छन् । हाल ७ लाख ४८ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ५१ हजार ६९२ जना पुगेका छन् भने २ लाख ४० हजार ३६३ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ७४९ पुगेको छ भने ९ हजार ५८० जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत