अर्थतन्त्र

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । आज  बिहीबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । पुस महिनाको १ गते, सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा खरिदबिक्री भएको छ । बुधबार चाँदी प्रतितोला ३० रुपैयाँले बढेर प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत