अर्थतन्त्र

सेयर बजार २२.७० अंकले घट्यो, पुनर्बीमा कम्पनीको कारोबार धेरै 

काठमाडौं । सेयर बजारमा भारी गिरावट आएको कारोबारको सुरु देखि नै घटेको बजारमा केही समयमा सुधार देखिए पनि त्यसपछि घटेको बजार अन्तिमसम्म फर्कन सकेन ।

बजारमा देखिएको निरन्तर गिरावटको कारण अन्तिम समयमा नेप्से मापन गर्ने सूचक २२.७० अंकले घटेर २०३२.५१ बिन्दुमा रोकिएको छ ।

१९५ कम्पनीको १ करोड ४१ लाख १४ हजार ४६० कित्ता सेयर ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ रुपैयाँको सेयर किनबेच भएको छ । नेप्से सूचकसँगै कारोबार रकम समेत घटेको छ ।

बिहीबारको कारोबारमा माइक्रोफाइनान्स समूहको उपसूचक ९.२८ अंकले बढेको छ भने बाँकी जीवन बीमा, निर्जीबन बीमा, बैंक, विकास बैंक लगायत सबै समूहको उपसूचकमा गिरावट आएको  छ ।

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ८० करोड २५ लाख ८३ हजार ६५ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स र नेपाल बैंक रहेका छन् ।

कारोबारमा माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जि नेपाल, छ्याङदी हाईड्रोािवर, सारथी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानकिर्तले कमाउँदा नारायणी डेभलपमेन्ट बैंक, नेपाल बैंक, खानीखोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत