समाज

करिब ५ लाख बराबरको अवैध सामानको साथमा मोटरसाइकल बरामद

धनगढी ।  प्रहरीले कैलालीमा करिब ५ लाख बराबरको अवैध सामान र मोटरसाइकल बरामद गरेको छ । टीकापुर नगरपालिका–८ सत्तिचोक इलाकाबाट भन्सार छलेर ल्याइएका इलेक्ट्रोनिक सामान र मोटरसाइकल बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका अनुसार भन्सार छलेर ल्याउदै गरेको अवस्थामा ४ लाख ९९ हजार ६ सय ६० बराबरको सामान र मोटरसाइकल बरामद गरिएको हो। 

बरामद भएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको हेडक्वाटरले जनाएको छ। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत