जागिरको प्रलोभनमा युवतीमाथि सामुहिक बलात्कार, चार जना पक्राउ
- गाउँ सहर डेस्क
- २ पौष बिहीबार, २०७७ | १४:१६:०० मा प्रकाशित
काठमाडौँ । जागीर लगाइदिने प्रलोभन देखाएर एक जना युवतीमाथि सामुहिक बलात्कार भएको छ । भक्तपुरको एक रिसोर्टमा युवतीमाथि सामूहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
जागीरको प्रलोभन देखाएर चाँगुनारायण नगरपालिका ७ हेल्मेटडाँडामा रहेको बाटोमाथिको रिसोर्टमा लगेर १७ वर्षीया किशोरीलाई दुई युवाले जबरजस्ती करणी गरेका हुन्। करणीमा संलग्न दुई र उनीहरुलाई सहयोग गर्ने दुई गरी चार युवालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पक्राउ पर्नेमा बझाङ थलारा गाउँपालिका २ घर भई काठमाडौं शान्तिनगर बस्ने २६ वर्षीय निश्चल उपाध्याय र तनहुँको म्याग्दे गाउँपालिका ७ रानीश्वारा घर भई चाँगुनारायण ७ बस्ने २० वर्षीय प्रदीप कुँवर रहेका छन्।
त्यसैगरी, सोही रिसोर्टमा काम गर्ने काभ्रेको भुम्लु गाँउपालिका २ डटुवाका २१ वर्षीय प्रदीप केसी र गोरखाको गोरखा नगरपालिका ९ लक्ष्मीबजार घर भएका २२ वर्षीय अश्विन कुँवर पक्राउ परेका छन्।
कुँवरले रेष्टुरेन्टमा जागीर लगाइदिने भन्दै ललाइफकाइ किशोरीलाई गएको मंगलबार रिसोर्ट पुर्याएका थिए। किशोरी रिसोर्ट पुगेपछि अन्य दुई युवाले ढोका बन्द गरेर बलात्कारमा सहयोग गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
गाउँ सहर डेस्क
डेस्क गाउँ सहर डटकम टीमकाे टेवलवर्क हाे ।
- यसकारण पक्राउ परे दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल
- सरस्वतीलाई पानीमा र कमलको फूलमाथि नै किन देखाइन्छ ?
- नेपालमा २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि
- प्रतिपक्षी दलले बहिष्कार गरेकाे चुनावमा शेख हसिना विजयी, चौथो पटक प्रधानमन्त्री बन्ने
- विदेशिने विद्यार्थी तथा युवालाई यसरी सकिन्छ राेक्न
- आज विश्व माटो दिवस : यसकारण जोगाऔं माटो
- जाडाेमा एमालेले मध्य पहाडी लोकमार्गमा थालेकाे पदयात्राकाे सन्देश
- काठमाडाैं उपत्यकामा ‘निषेधाज्ञै निषेधाज्ञा’
- विश्वकप उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै, बिजेता र उपबिजेताले कति रुपैयाँ पाउँछन् ?
- बहुउपयोगी गाई पुज्नुकाे महिमा, वैज्ञानिक, धार्मिक र व्यवहारिक महत्वका विविध पक्ष
प्रतिकृया दिनुहोस