अर्थतन्त्र

प्रि ओपनिङ्गमा ३२ कम्पनीको कारोबार, नेप्से २ हजार ५८ बिन्दुमा 

काठमाडौँ । साताको अन्तिम कारोबार आज बिहीबार प्रि ओपनिङ्गमा शेयर बजार परिसूचक मापक नेप्से ३.५० अंकले बढेको छ । नेप्से ३५.७८ अंकले बढेर २ हजार ५८ बिन्दुमा पुगेको हो ।

आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ३२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ । कारोबारमा आएका छ कम्पनीको शेयर मूल्य घटेको छ भने पाँच कम्पनीको शेयरमूल्य स्थीर रहेको छ ।

यस अवधिमा ३२ कम्पनीका १३ हजार ७०१ कित्ता शेयर १ करोड २ लाख ३० हजार रुपैयाँमा खरीद बिक्री भएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत