प्रविधि

चन्द्रमाबाट २ किलो ढुंगा र माटो लिएर फर्कियो चिनियाँ यान

एजेन्सी । चीनको चाङ ई ५ यान चन्द्रमाको सतहबाट ढुंगा र माटोको नमूना लिएर पृथ्वीमा फर्किएको छ। उक्त यान स्थानीय समयअनुसार बिहीबार बिहान करीब साढे १ बजे मंगोलियामा उत्रिएको हो ।

चीनको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (सिएनएसए) का अनुसार यानको कार्गो मङ्गोलियाको घाँसे मैदानमा अवतरण भएको थियो ।

चाङ ई ५ लाई एउटा अन्तरिक्ष यानको रुपमा २४ नोभेम्बरमा दक्षिणी चीनको वेनचाङ स्टेसनबाट छाडिएको थियो। छाडिएको २४ दिनपछि यान चन्द्रमा पुगेर फर्किएको हो।

चन्द्रमाबाट त्यहाँको नमूना ल्याउने यो पछिल्लो ४४ वर्षमा विश्वको पहिले सफल अभियान हो । तत्कालीन सोभियत युनियनको लुना २४ अभियानले ४४ वर्ष पहिले चन्द्रमाबाट झण्डै २०० ग्राम ढुंगा तथा माटो लिएर आएको थियो ।

चन्द्रमाबाट ढुंगा र माटो ल्याउन सफल राष्ट्रको सूचिमा चीनले नाम लेखाउन सफल भएको छ । यसअघि अमेरिका र रुसले मात्रै यस्तो गर्न सकेका थिए । यो अभियान सफल भएसँगै चीन पनि अन्तरिक्षको महाशक्तिमा सामेल भएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत