प्रेरणा

आयु, कर्म, धन, विद्या र मृत्युको समय, यी पाँच कुरा विद्याताले गर्भमै लेख्छन्

काठमाडौँ । आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा जीवनको सुख र सफल बनाउनलाई अनेक सुत्र बताएका छन् । उनको केहि प्रेरक कुराहरु मनन् गरौँ ।

“कसैको कुलमा दोष हुँदैन । यस्तो को छ जसलाई रोगले ग्रस्त पारेको हुँदैन ? यस्तो को छ जसको जीवनमा दुःख आएको हुँदैन ? यस्तो को छ, जसको जीवनमा जहिल्यै सुख हुन्छ ?”

“मूर्ख व्यक्तिबाट टाढा हुनु पर्दछ । किनकी, ऊ जब बोल्छ, उसको बोलीले हामीलाई काँडाजस्तै घोच्छ ।”

“नराम्रा व्यक्ति र सर्पमध्ये, नराम्रो व्यक्ति खतरनाक हुन्छन् । सर्पले त समय आएपछि डस्छ तर नराम्रो व्यक्तिले कदम कदममा नोक्सानी पुर्याउँछ ।”

“जबसम्म हाम्रो शरीर निरोगी हुन्छ, तबसम्म मृत्यु टाढा हुन्छ । यसकारण जबसम्म शरीर स्वस्थ हुन्छ, हामीले पुण्य कर्म गर्नु पर्दछ । किनकी, मृत्युपश्चात कसैले पनि केहि गर्न सक्दैन ।”

“आयु, कर्म, धन, विद्या र मृत्युको समय, यी पाँच कुरा विद्यातले त्यो बेलै लेख्छन् जब गर्भमा हुन्छौँ ।”

गाउँ सहर डेस्क

तपाईँको मत