समाज

प्रहरीद्वारा २५ सय गाँजाको बोट नष्ट

पर्सा । प्रहरीले पर्साको विभिन्न स्थानमा लगाइएको प्रतिबन्धित गाँजाको बोट फडानी गरी नष्ट गरेको छ ।

प्रहरीले सखुवा प्रसौनी गाउँपालिका २ जमुनियामा ३ कट्ठा र औराहामा ५ कठ्टा ८ धुर र पर्सागढी नगरपालिका ९ मा ७ धुर जग्गामा लगाइएको प्रतिबन्धित गाँजाको बोट फडानी गरि नष्ट गरेको जनाएको छ । 

इलाका प्रहरी कार्यालय पटेवासुगौलीबाट खटीएको प्रहरी टोलीले २५ सय गाँजाको बोट फडानि गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ।

गाउँ सहर डेस्क

तपाईँको मत