शिक्षा

३३३ विद्यार्थी हामीले अपहरण गरेका हौँ : बोको हराम 

एजेन्सी। बोको हरामले ३३३ विद्यार्थी अपहरण गरेकाे स्वीकार गरेकाे छ । नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार गरी बन्दुकधारीले विद्यालयमा आक्रमण गरी ३०० भन्दाबढी विद्यार्थी बेपत्ता गरिएको घटनाको जिम्मा यहाँको आतंककारी समूह बोको हरामले लिएको हाे । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी यहाँका ३३३ जना बालबालिका हराएका थिए । बोको हराम नामक आतंककारी संगठनले बुधबार ती बालबालिका आफूहरुले अपहरण गरी लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको जनाइएको छ । 

नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा गएको शुक्रबार राति र आइतबार सो हमला भएको थियो। उक्त हमलामा ३३३ जना विद्यार्थी अपहरणमा परेका थिए । सोही राज्यका गभर्नर अमिनु मासारीले बालबालिका अपहरण परेको सूचना प्राप्त भएपछि खोजी कार्य जारी राखिएको बताएका छन् । उनले शुक्रबार र आइतबार विद्यालयमा गरिएको हमलाका कारण सो विद्यालयका ३०० भन्दा बढी विद्यार्थी सम्पर्कहिन भएको बताएका थिए ।

बोको हराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश मार्फत ती विद्यालयहरुका विद्यार्थी आफूहरुले अपहरण गरेको भन्दै विद्यालयका ३३३ जना बालकालिका आफूहरुसँग रहेको बताएका छन् । विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत रहेको बताइएको छ । अज्ञात बन्दुककारीहरुले ती विद्यार्थीहरुलाई अपहरण गरेर लगेको हुनसक्ने अनुमान गरिएकै बेला उक्त सन्देश आएको जनाइएको छ ।

अपहरणमा परेका बालबालिकाका अभिभावकहरुले आफ्ना छोराछोरी तत्कालै खोजी गरिदिन आग्रह गरेका छन् । नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि अपहरणमा परेका ती बालबालिकाको उद्धारका लागि कडा सुरक्षाका साथ काम गर्न उक्त राज्यको सरकारलाई आग्रह गरेका छन् । नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार बबग्ना मगुनोले कातसिना राज्य सरकारलाई सो आग्रह गरेको समाचारमा उल्लेख गरिएको  छ ।

गाउँ सहर डेस्क

तपाईँको मत