शिक्षा

नर्सिङ लाइसेन्स परीक्षामा सहभागी हुन प्रयोगात्मक अभ्यास पूरा गर्नुपर्ने

काठमाडौं । नर्सिङ लाइसेन्स परीक्षामा सहभागी हुनका लागि प्रयोगात्मक अभ्यास पूरा गनुपर्ने भएकाे छ । नेपाल नर्सिङ काउन्सिलले प्रयोगात्मक अभ्यास पुरा नगरेका विद्यार्थीलाई दर्ता परीक्षामा सहभागी नगराउने भएको छ । आज एक सूचना जारी गर्दै काउन्सिलले सो कुराको जानकारी दिएको हो । काउन्सिलले प्रयोगात्मक अभ्यासका लागि तोकिएको समय पुरा नगरी अन्तिम परीक्षामा उतीर्ण भए नाम दर्ता परीक्षामा सामेल गराउने जनाएको छ ।  

काउन्सिलको मंसिर १६ गते बसेको बैठकले नियम पुरा नगरिकन नर्सिङ नाम दर्ता परीक्षामा सहभागी नगराउने विषय विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परीषद्लाई समेत जानकारी गराएको थियो । पूर्वाञ्चल विश्वविद्यालयले गत मंसिर ८ गते बिएस्सी नर्सिङ र प्रविणता प्रमाणपत्र तहको फाइनल परीक्षाको सेड्युल प्रकाशन गरेको भन्दै काउन्सिलको ध्यानाकर्षण भएको बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत