स्वास्थ्य

कोरोना संक्रमणबाट गर्भवती महिलाको मृत्युु

नेपालगञ्ज । कोरोना संक्रमित एक जना गर्भवती महिलाको मृत्यु भएको छ । कञ्चनपुरकी २८ वर्षीया गर्भवती महिलाको बाँकेमा उपचारका क्रममा बुधबार विहान मृत्यु भएको हो ।

शुक्लाफाँटा १० कञ्चनपुरकी महिलाको कोहलपुर मेडिकल कलेजमा बुधबार विहान १ः१५ बजे मृत्यु भएको हो ।

उनलाई स्वास्थ्यमा समस्या देखिएपछि सेती अस्पतालमा मंसिर २५ गते भर्ना गरिएको थियो । त्यसको भोलिपल्ट कोरोना रिर्पोट पोजेटिभ देखिएको र स्वास्थ्यमा समेत गम्भिर समस्या आएको थियो ।

मंसिर २६ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएकी २८ वर्षिय गर्भवती महिलालाई रोग प्राकृति अनुसार सम्पूर्ण उपचार गर्दा समेत स्वास्थयमा सुधार नभई मृत्यु भएको बाँके फोकल पर्सन तेज ओलीले बताएका छन्  ।

अब बाँके जिल्लामा बाहिर जिल्लाबाट उपचारका लागि आएका मध्ये मृत्यु हुनेहरुको संख्या ७० पुगेको अस्पतालले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत