समाज

टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

अछाम । अछाममा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । कमलबजार नगरपालिका वडा नम्बर ५ कृतिखाममा गैरीटाँडबाट बिनायकतर्फ जाँदै गरेको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माणमा रहेको राजेन्द्र निर्माण सेवाको से १ क ७५४ नम्बरको टिप्पर दुर्घटना भएको हो । देर्घटनामा परी टिपर चालक कैलारी गाउँपालिका वडा नम्बर २ का ३५ बर्षका प्रकाश चौधरीको घटनास्थलमै ज्यान गएको अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिएका छन् ।

दुर्घटनामा परशुराम नगरपालिका वडा नम्बर १२ डडेल्धुराका ३२ बर्षका डम्बर साउँद र पाटन नगरपालिका वडा नम्बर ६ बैतडीका ३० वर्षका योगेन्द्र कठायत गम्भीर घाइते भएका छन् । उनीहरूलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल र वयालपाटा अस्पतालमा सामान्य उपचार पछि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार राती भएको दुर्घटनामा टिपर सडकबाट करिब ५/६ सय मिटर तल खसेको थियो । उद्धारका लागि जिल्ला प्रहरी प्रमुख डिएसपी थापाको नेतृत्वमा मातहतमा रहेको प्रहरी चौकीबाट १४ जनाको प्रहरी टोली खटिएको थियो । मृतक चौधरीको शव पनि पोस्टमार्टमका लागि मंगलबार राति नै जिल्ला अस्पताल ल्याइएको छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत