समाज

हजारौँ दुःखीको सहारा बन्यो नेपाल सेफ सोसाइटी 

काठमाडौं । नेपाल सेफ सोसाइटीले सर्वसाधरण जनतालाई निःशुल्क भोजन कार्यक्रम सञ्चालन गरेको छ । कोरोना भाईरस संक्रमण भई लकडाउन भएसगैँ रोजगार गुमाएका विपन्न परिवार, बेरोजगार, असहाय, अनाथ र हातमुख जोर्न संकटमा परेकाहरुलाई उक्त सोसाइटीले  लकडाउनको सुरुदेखि नै खाना खुवाउदै आइरहेको छ । 

काठमाडौं महानगरले खुल्ला स्थानमा खाना खुवाउने कार्यक्रममा रोक लगाउदैँ आएता पनि उक्त टीमले  निरन्तर रुपमा सक्रिय भएर काम गरिरहेको छ । सोसाइटीले लकडाउनको संकट समयदेखि हालसम्म  यसलाई निरन्तरता दिइरहेको महासचिव अरुण अधिकारीले बताएका छन् । 

यो एउटा कमिटी मेम्बर गैरनाफामूलक सामाजिक संस्था हो । जसले विभिन्न प्राकृतिक तथा दैवीप्रकोप लगायत सडक बालबालिकाको संरक्षण, पीडित महिला र बेसहारा वर्गको उत्थान जस्ता थूप्रै कार्यहरु नेपाली समाजमा गरी सक्रिय रहदैँ आएको कमिटीका उपाध्यक्ष शिव हरि घिमिरेले बताए ।

कोरोना महामारी भई लकडाउन भएको नौ महिना बितिसक्दा पनि सरकारले देश र जनताप्रति कुनै जिम्मेवारी पूरा गरेकोे देखिदैन। रोजगारी गुमेपछि हातमुख जोर्न दैनिकीमा समस्या परी बेसहारा बनेका विपन्न जनताको लागि एउटा गतिशिल खम्बा बन्न सफल भएको सोसाइटीले जनाएको छ । 

यस्तो सामाजिक कार्यमा जुट्नु एउटा मानवताको अभियान र आजको आवश्यकता रहेको भन्दै यस टीमले सदैब देश र जनताको दुःखको घडीमा मलम पट्टि बन्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत