समाज

ट्विटर किलरलाई मृत्युदण्डको सजाय

एजेन्सी । ट्विटर किलरको नामबाट चिनिने जापानका कुख्यात हत्यारालाई मृत्युदण्ड दिइने भएको छ । मंगलबार जिल्ला अदालतले ३० वर्षीय टाकाहिरो सिराइसीलाई मृत्युदण्डको सजाय सुनाएको जापान टाइम्सले जनाएको हो । उनले सामाजिक सञ्जालमा आत्महत्या गर्न इच्छा व्यक्त गर्ने नौ जनाको हत्या गरेका थिए। हत्या गरिएकामा आठ जना महिला र  १५ वर्षीय बालक थिए । 

शिराइसीलाई अदालतले हत्या,अंगभंग र शवहरू अपार्टमेन्टमा भण्डारण गरेकोमा दोषी ठहर गरेको थियो । उनीमाथि पीडितहरूलाई यौन दुर्व्यवहार समेत गरेको आरोप लागेको छ।सन् २०१७ मा कनागावा प्रान्तको जामास्थित सिराइसीको अपार्टमेन्टमा पुग्दा प्रहरीले शवहरू भण्डारण गरिएको अवस्थामा उनलाइ फेला पारेका थिए। बेपत्ता भएकी २३ वर्षीया महिलाको खोजी गर्दै जाँदा प्रहरीले उनको अपार्टमेन्टमा कुलरभित्र शवहरू राखिएको अवस्थामा फेला पारेको थियो । 

उनका वकिलले पीडितहरूमा आत्महत्याको इच्छा भएको र आफैंले मार्न अनुमति दिएको दाबी समेत गरेका थिए । उनले आत्महत्या गर्नै इच्छा भएकाहरुलाई ट्विटरमार्फत सम्पर्क गर्ने गर्दथे ।त्यसपछि उनले मद्दत गर्ने वाचा गरी आफ्नो जामास्थित अपार्टमेन्टमा बोलाउने  गर्थे ।  उनले ट्विटरमा आफ्नो नाम ‘ह्याङम्यान’ राखेका थिए । 

गाउँ सहर डेस्क

तपाईँको मत