राजनीति

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्‍सम्बन्धी नयाँ  अध्‍यादेश जारी   

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‍सम्बन्धी नयाँ अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधनं) अध्यादेश, २०७७ जारी गरेकी हुन् । 

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संवैधानिक परिषद्‍को बैठकमा प्रतिनिधिसभाका सभामुख नगएपछि गणपूरक संख्या नपुगेपछि मंगलबार बिहान ९ बजे बोलाइएको परिषद् बैठक स्थगित भएको थियो। परिषद्‍मा अध्यक्ष (प्रधानमन्त्री) लगाएत अन्य चार जना सदस्य पुग्नेपर्ने व्यवस्था छ । उपसभामुख नभएको अवस्थामा सभामुख पनि नगएपछि गणपूरक संख्या नपुगेको हो। परिषद्‍मा प्रधानमन्त्री अध्यक्ष हुने र सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले केही बेरअघि उक्त अध्‍यादेश जारी गरेकी हुन । जारी भएको नयाँ अध्यादेश राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आउने छ। 

 

 

गाउँ सहर डेस्क

तपाईँको मत