अर्थतन्त्र

सुनको मूल्य ओरालो लाग्यो, तोलाको कति ?

काठमाडौँ । सुनको मूल्य दोश्रो दिन पनि ओरालो लागेको छ । आज मंगलबार सुन तोलामा एक सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने  स्थिर रहेको छ । मंसिर २५ गतेबाट चाँदी स्थिर रही एक हजार २०० रुपैयाँमा कारोबार भएको महासंले बताएको छ । 

 

 

 

गाउँ सहर डेस्क

तपाईँको मत