प्रेरणा

ओहोदाका मानिसले कानूनको पालना गरे आम जनताले पनि नियमलाई पालन गर्न थाल्नेछन्, तर यहाँ यस्तै छ...

काठमाडौँ । ठूला तथा पदमा बसेका मानिसले कानूनको धज्जी नउडाउने हो भने आम सर्वसाधारणले त्यसको पालना अवश्य गर्नेछन् । तर जब उनीहरु नै धज्जी उडाउँछन भने कसैले पनि नियमको पालना गर्दैनन् । यो ध्रुवसत्य कुरा हो र देश आफैँ बन्छ । यसै सन्दर्भमा यो कथा मनन गरौँ ।

राजा विक्रमादित्यको जन्म आज भन्दा लगभग आज भन्दा २२०० वर्ष पहिले भएको अनुमान छ उनी राजा गन्धर्व सेनका पुत्र तथा महान कवि भर्तृहरीका भाइ थिए । विक्रमको वीर तथा आदित्यको अर्थ सूर्य भएको र सूर्य जस्तो वीर हुनाले उनलाई विक्रमादित्य भनिएको हो ।

राजा विक्रमादित्य न्यायका लागि धेरै प्रशिद्ध थिए । उनको नामबाट नै विक्रम सम्बतको प्रचलन रह्यो । विक्रमादित्यसँग जोडिएको यो घटना जसमा उनले न्याय कस्तो हुनुपर्छ भनेर बताएका छन् ।

एकदिन विक्रमादित्य शिकारको लागि जंगल गइरहेका थिए । राजाका सैनिक पछाडि रहेका थिए र बाटो झुक्किए । आफ्नो राज्यतर्फको बाटो खोज्दैगर्दा उनीको घोडा खेतमा पस्यो । घोडाको कारण बाली खराब भयो । खेतको मालिक किसान त्यहिँ थिए र हेरिरहेका थिए । उनी जोडसँग चिच्याए र भने- मेरो बाली सबै खराब भयो ।

राजालाई लाग्यो कि किसानले देख्यो, उसको नोक्सानी भएको छ । उनी घोडाबाट उत्रिए र किसान नजिक गए ।

किसानले भने- घोडामा सवार तिमी धेरै लापरवाही हौ, तिमीले अपराध गरेका छौ । तिमीले मेरो बाली खराब गर्यौ । तिमीलाई सजाय मिल्नुपर्छ । म मेरो राजा विक्रमादित्यसँग यसको गुनासो गर्नेछु । उनी न्यायप्रिय छन्, उनले तिमीलाई अवश्य दण्ड दिनेछन् ।

विक्रमादित्यले आफूलाई नचिनेको बुझे, तर उनको न्याय व्यवस्थामा यतिबिघ्न भरोषा ? उनलाई विश्वासको रक्षा गर्नुपर्छ भन्ने भयो ।

राजाले सोहि समय आफ्नो घोडामा भएको कोरा निकाले र भने- मलाई पाँच कोरा हान्नुहोस् ।

किसानले भने- यो काम मेरो होइन ।

यसपछि विक्रमादित्यले आफ्नो हातले आफ्नै पिठ्यूँमा पाँच कोरा हाने र त्यहाँबाट गए ।

भोलिपल्ट किसान विक्रमादित्यको दरबार पुगे । उनलाई घोडसवारीको गुनासो गर्नु थियो । उनले राजालाई जब देखे उनी लज्जित भए, किनकी घोडसवारमा भएका व्यक्ति नै राजा विक्रमादित्य थिए । राजाले किसानको सामू कोरा हानेका थिए ।

विक्रमादित्यले किसानसँग भने- मलाई तपाईंमा गर्व छ । हाम्रो राज्यमा तपाईंजस्ता प्रजा छन्, जसले मलाई यो शिक्षा दिएको छ कि कानूनको पालना गर्नेले नै पहिला आफैँ पालना गर्नुपर्दछ ।

तर के गर्ने समाज यति बिगारियो, यो त दूर, छेउसम्म पालना गर्न र गराउन हामी सकिरहेका छैनौँ । नयाँ पीँढिले अब के सिक्ने ?

गाउँ सहर डेस्क

तपाईँको मत