गाउँ सहर

मानव बेचविखन गर्ने महिला पक्राउ

काठमाडौँ । मानव बेचविखनमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचविखनमा संलग्न फरार प्रतिवादी काठमाडौं कुमारीगालबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएकी ५० वर्षीया अनिता तामाङ भन्ने अनिता सुनुवारलाई काठमाडौँबाट आइतबार पक्राउ गरेको जनाएको छ । 

उनीमाथि २०७३ चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी ५ जनालाई गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, दुवई, कतार, मोजाम्बिक हुँदै साउथ अफ्रिकासम्म बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४—५ महिनासम्म बन्धक बनाएको घटनामा संलग्न रहेको आरोप लागेको थियो ।

उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं कुमारीगालबाट पक्राउ गरेको जनाएको छ । सोही घटनामा संलग्न ताप्लेजुङ घर भएका ४३ वर्षीय गणेश कुमार लोंवालाई सोही व्यूरोबाट खटिएको प्रहरीले मङ्सिर १६ गते पक्राउ गरेको बताएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत