गाउँ सहर

३८ तोला सुन सहित पाँच जना पक्राउ

काठमाडौँ । करिब ३८ तोला सुनका गहना चोरी गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक पाँचखाल घर भएका गुञ्जमान तामाङको घरबाट करिब ३८ तोला सुनका गरगहनाहरु गत शनिबार चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा पाँच जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका–५ घर भएका २७ वर्षीय देवराज दाहाल, काठमाडौं बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका २४ वर्षीय रामचन्द्र चालिसे, काठमाडौं बस्ने काभ्रे धुलिखेल घर भएका २३ वर्षीय राम तामाङ, काठमाडौं बौद्ध बस्ने काभ्रे धुलिखेल घर भएका १८ वर्षीय किशोर र काठमाडौं बस्ने काभ्रे धुलिखेल घर भएका १९ वर्षीय राजन तामाङ रहेका छन् ।

घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न राजन, १८ वर्षीय किशोर र राम तामाङलाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले काठमाडौं ठमेलस्थित ड्रयागन डान्सबारमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । साथै रामचन्द्रलाई २ सय १० ग्राम सुन सहित कपनबाट र देवराजलाई २ सय ३७ ग्राम सुन सहित काठमाडौं कमलादीबाट पक्राउ गरेको जनाएको । उनीहरुको साथबाट २ हजार १ अमेरिकी डलर समेत प्रहरीले बरामद गरेको बताएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे पठाइएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत