शिक्षा

बन्दुकधारी समूहद्वारा विद्यालयमा आक्रमण, ३०० भन्दा बढी विद्यार्थी बेपत्ता

एजेन्सी । नाइजेरियाको एक विद्यालयबाट ३०० भन्दा बढी विद्यार्थीहरू बेपत्ता भएका छन् । नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुक धारीहरुले गरेको आक्रमणका कारण यहाँका कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका हुन् । बन्दुकधारीहरुले गरेको सो हमलामा परी ती बालबालिका हराएको सुरक्षा अधिकारीहरुले बताएका छन् । 

नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा सो हमला भएको थियो । सो राज्यका गभर्नर अमिनु मासारीले  जानकारी दिएका हुन् । उनले शुक्रबार र आइतबार उक्त विद्यालयमा गरिएको हमलाका कारण विद्यालयका ३०० भन्दा बढी विद्यार्थी सम्पर्ककबिहिन भएकाे जानकारी गराएका हुन् । 

विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत छन् । अज्ञात बन्दुकधारीहरुले ती विद्यार्थीहरुलाई अपहरण गरेर लगेको हुन सक्ने अनुमान गरिएको छ । बालबालिकाका अभिभावकहरुले आफ्ना छोराछोरी अपहरणमा परेकोले तत्कालै खोजी गरिदिन आग्रह गरेका छन् । नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि अपहरणमा परेका ती बालबालिकाको उद्धारका लागि कडा सुरक्षाका साथ काम गर्न उक्त राज्यको सरकारलाई आग्रह गरेका छन् ।

नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार बबग्ना मगुनोले कातसिना राज्य सरकारलाई आग्रह गरेको समाचारमा जनाइएको छ । गभर्नर मासुरीले राज्यका सबै बोर्डिङ स्कुलहरु बन्द गर्न सबैलाई आग्रह समेत गरेका छन् । पछिल्लो समयमा विद्यालयमा असुरक्षा बढेको भन्दै अब विद्यालय नै बन्द गरेर खोजी कार्य जारी राखिने बताएका छन् ।

नाइजेरियाको बोको हराम आतंककारी समूहले विद्यालयबाट विद्यार्थीहरुलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गरेकाे जनाएकाे छ । 

गाउँ सहर डेस्क

तपाईँको मत