स्वास्थ्य

कोरोनाबाट नौ सुरक्षाकर्मीको मृत्यु

 काठमाडौं । जनतालाई कोरोना संक्रमणबाट जोगाउन फ्रन्टलाइनमा खटिएका नौ सुरक्षाकर्मीको कोरोनाका कारण मृत्यु भएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका नौ कर्मचारीको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

सशस्त्र प्रहरीका चार, नेपाल प्रहरीका तीन र नेपाली सेनाका दुई जनाले ज्यान गुमाएका छन् । तीन वटा सुरक्षा निकायमा करिब १४ जना संक्रमित भएका छन् ।

सरकारले सुरक्षाकर्मीलाई समेत जोखिम भत्ता दिने बताए पनि अहिलेसम्म उपलब्ध गराएको छैन । तर, पनि महामारी नियन्त्रण र जनताको ज्यान जोगाउनका लागि उनीहरु आफ्नो ज्यानको प्रवाह नगरी डिउटीमा दिनरात खटिएका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत