गाउँ सहर

शान्तिनगरस्थित सुकुमबासी बस्तीमा आगलागी

काठमाडौं । शान्तिनगरस्थित सुकुमबासी बस्तीमा आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार आगो नियन्त्रणमा लिने प्रयास भइरहेकाे छ ।

उनका अनुसार आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरपालिका सहितका दमकल परिचालित गरिएका छन् । प्रारम्भिक अनुसन्धानमा ग्यास लिक भएर आगो फैलिएको हुन सक्ने अनुमान गरिएकाे छ ।

गाउँ सहर डेस्क

तपाईँको मत