खेल

नारायणीद्वारा राप्तीलाई १३९ रनको लक्ष्य 

काठमाडौं । चितवनमा भइरहेको गौतमबुद्ध कप क्रिकेटमा टिम नारायणीले टिम राप्तीलाई १३९ रनको लक्ष्य दिएको छ ।  चितवन स्थित गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट मैदानको हाताभित्र रहेको नमुना मैदानमा टस जितेर पहिले व्याटिङ गरेको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनायो । 

नारायणीका लागि किशोर महत्वले सर्वाधिक ३६ रनको योगदान गरेका छन् । त्यस्तै करण केसीले ३२ रन बनाउँदा सुसन भारीले १८ रन तथा रित गौतमले १३ रन बनाए ।  बलिङतर्फ राप्तीका लागि अविनास बोहोराले सर्वाधिक तीन विकेट लिए । त्यस्तै सुर्य तामाङले दुई विकेट लिए । राप्तीका लागि जितेन्द्र मुखिया, भुवन कार्की र कमल सिंहले समान एक–एक विकेट लिएका छन् । 

आजको खेलमा जित निकाल्दै दुबै टोली तालिकाको शीर्ष स्थानमा रहने योजनामा छन् । दुबै टोली यसअघि नै फाइनलमा प्रवेश गरि सकेका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत