अर्थतन्त्र

ग्वार्कोको पेट्रोल पम्पमा ट्याङ्करको ब्याट्री सर्ट हुँदा आगलागी

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित पेट्रोल पम्पमा पार्किङ गरिरहेको अवस्थामा एक ट्याङ्करमा आगलागी भएको छ । आइतबार राति सवा ६ बजे ग्वार्कोको उज्जवल पेट्रोल पम्पमा रहेको ट्याङकरमा आगलागी भएको हो। 

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार ललितपुरका दुई वटा र काठमाडौंको एउटा  दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा आएको छ। उनका अनुसार ट्याङ्करको अगाडि भागबाट आगलागी सुरु भएको हो ।अहिले सो क्षेत्र खतरामुक्त भएको छ । 

प्रहरीका अनुसार ना ६ ख ९७४ नम्बरको ट्याङ्करमा ट्याङ्करको ब्याट्री सर्ट भएर आगलागी भएको हो।  ट्याङ्करमा पूर्ण रूपमा क्षति पुगेको छ भने पाँच वटा मोटरसाइकलमा पनि पूर्ण रूपमा क्षति पुगेको छ ।

पेट्रोल पम्प आगलागी हुनबाट जोगिँदा ठूलो दुर्घटनाबाट बचेकाे  प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत