समाज

 चन्द्रागिरीकाे मसिने भीरमा दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो 

काठमाडौँ । चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना २ क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको हो ।

मृत्यु हुनेमा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन अन्दाजी २३ वर्षका सिन्धुली घर भएका मनिष कार्की र २४ बर्षका ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकको पहचिान खुल्न सकेको छैन । 

सडकबाट ट्रक र मृतकहरुको शव देखिएको छैन ।  घटनास्थल पुगेका एक प्रहरीले भीरमा कोही पनि जान सक्ने अवस्था रहेको हुँदा डोरी मगाएर उनीहरुको शव निकाल्ने तयारी भइरहेको बताएका छन् । दुर्घटनाको  कारण खुलेको छैन ।

गाउँ सहर डेस्क

तपाईँको मत