स्वास्थ्य

काेराेना खाेप ‘स्पूतनिक-भी’ लिनेलाई चेतावनी, दुई महिनासम्म रक्सी बन्द

काठमाडौँ । संसारमै कोरोनाभाइरसको पहिलो खोप बनाउने रुसले खोप कार्यक्रम गर्न गइरहेको छ । योभन्दा पहिले उसले केहि चेतावनी जारी गरेको छ ।

रुसी स्वास्थ्य अधिकारीका अनुसार, ‘स्पूतनिक-भी’ खोप लिनेले २ महिनासम्म रक्सी बन्द गर्नुपर्ने सल्लाह दिएका छन् । रसियन खोप ‘स्पूतनिक-भी’ को दुई डोज २१-२१ दिनको अन्तरालमा दिइने छ ।

रुसको डेपूटी पीएम टाटायाना गोलिकोभाले एक अन्तर्वार्तामार्फत् कमसेकम ४२ दिनसम्म सावधानी अपनाउनुपर्ने बताए । उनले भिडबाट बच्न सल्लाह दिए, मास्क जरुरी रहेको बताए । सेनिटाइजरको प्रयोग नछाड्न उनले बताए । अल्कोहल पूरै बन्द गर्दा दवाईले काम गर्ने उनले बताए ।

रसियन कन्ज्यूमर सेफ्टी हेड ऐना पोपोवाका भने- खोपको दुई इन्जेक्शन लिने समय कम्तिमा ४२ दिनसम्म अल्कोहल बन्द गर्नु पर्छ । प्रतिरोधात्मक क्षमता राम्रो बताउनु छ भने रक्सी छाड्नुहोस् ।

समाचार संस्था रोयटर्सका अनुसार- इन्जेक्शन लिनुभन्दा ३ दिन अगाडि र लिएको ३ दिनसम्म रक्सी नलिनुहोस् । यो सल्लाह हरेक भ्याक्सिनमा लागू हुन्छ, ‘स्पूतनिक-भी’ पनि त्यस्तै हो, विज्ञ अलेक्जेन्डरको भनाई लिँदै संस्थाले भनेको छ ।

ब्रिटेनमा भ्याक्सिनेशन सुरु भइसकेको छ । फाइजरको भ्याक्सिन सुरु गरिएको छ तर कुनै निर्देश जारी भने गरिएको छैन । अमेरिकी कम्पनी फाइजरका अनुसार, भ्याक्सिन सेफ्टीको लागि अल्कोहल नलिने सल्लाह नदिएको बताएको छ ।

रसियामा ठूलो स्तरमा भ्याक्सिनेशनको लागि तयारी छ । परीक्षण पूरा भएपछि स्वास्थ्यकर्मी, जवान, शिक्षक र सामाजिक कार्यकर्तालाई खोप लगाइसकिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, रक्सी पिउनेमध्ये रसिया विश्वकै चौथो देश हो । यहाँको एक व्यक्तिले वर्षभरिमा १५ लिटर रक्सी पिउँछ ।

सरकारले भ्याक्सिनेशनसँगै नयाँ चेतावनी जारी गरेकोमा रसियन जनता रुष्ट रहेको समाचार संस्थाहरुले बताएका छन् । एजेन्सीको सहयोगमा

गाउँ सहर डेस्क

तपाईँको मत