प्रेरणा

समस्या जतिसुकै ठूलो किन नहोस् अहिंसा, विनम्रता र धैर्यसँग सामना गर्नुको विकल्प छैन

काठमाडौँ । हामी समस्याबाट तर्सन्छौँ, आत्तिन्छौँ र डराउँछौँ जुन गलत छ । समस्यालाई सावधानीका साथ, धैर्यवान भएर समाधानको बाटोमा नआत्तिकन हिँडेमा गाह्रो हुँदैन । सो समयमा हिंसाको बाटो हिँडेमा बन्ने कामपनि झनै बिग्रने हुन्छ । यो कथा मनन गरौँ ।

जब गौतम बुद्ध कौशांबी नगरमा बसेका थिए, सो राज्यकी रानी उनलाई मनपराउँथिनन् । यसकारण उनी बुद्धको विभिन्न तरिकाबाट अपमान गरिरहन्थिन् ।

रानीले आफ्ना केहि मानिसहरुलाई बुद्धलाई अपमान गर्नको लागि उनको पिछा गराएकी थिइन् । रानीको आदेश अनुसार सबैले बुद्धलाई अनेक तरिकाबाट प्रताडित गरिरहे । उनको विरोध गरिरहेका थिए, अपशब्द बोलिरहेका थिए । तर, बुद्धले कसैसँग केहि भनेनन् ।

सोहि समयमा बुद्धसँग उनका एक शिष्यपनि साथमै थिए, उनको नाम आनन्द थियो । आनन्दले बुद्धसँग भने- म लगातार देखिरहेको छु कि यी मानिसहरु तपाईंको अपमान गरिरहेका छन् । हामीलाई यो स्थान छाड्नु उपयुक्त हुन्छ । जहाँ हाम्रो अपमान हुन्छ, जहाँ सम्मान मिल्दैन, यस्तो स्थानमा बस्नु हुँदैन ।

बुद्धले आनन्दसँग भने- यो स्थान छोडेर हामी कहाँ जाने ?

आनन्दले भने- कुनै अर्को स्थान ।

बुद्धले भने- यदि त्यहाँ पनि यस्तै समस्या आइपर्न सक्छ अनि कहाँ जाने ? र हामी कहिलेसम्म भाग्ने ? यसको अन्त्य छैन । अपमान पनि समस्या हो । यी व्यक्ति हामीलाई अपमानित गरिरहेका छन् । हामी अहिंसा, धैर्यसँग आफ्नो विनम्रता र शालिनताबाट यसको समाधान गर्नेछौँ । हामी यीनिहरुको मनमा आफ्नो लागि स्थान बनाउँछौँ ।

यसकारण संसारमा समस्या जहाँपनि हुन्छ । समस्याबाट बच्न सकिँदैन । यसकारण समस्या चाहे जति नै ठूलो किन नहोस् सामना गर्नुको विकल्प छैन ।

गाउँ सहर डेस्क

तपाईँको मत