स्वास्थ्य

विश्वभर काेराेना संक्रमितमध्ये ५ कराेडभन्दा बढि निकाे, एक लाखकाे अबस्था गम्भीर

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड २ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ५ करोड ४ लाख ८८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७ करोड २१ लाख २ हजार नाघेको छ भने मृतकको संख्या १६ लाख ११ हजार ४८९ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार ८१३ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ६५ लाख ४९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख ५ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २७ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ९६ लाख ४४ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६५ लाख ९९ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९८ लाख ५७ हजार ३८० जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४३ हजार ५५ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९३ लाख ५६ हजार ७८९ जना निको भएका छन् । सक्रिय केस ३ लाख ५७ हजार जना ४४६ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६८ लाख ८० हजार जना संक्रमितमध्ये ५९ लाख ६९ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ८१ हजारभन्दा बढी छन् । हाल ७ लाख २९ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ४७ हजार ५९३ जना पुगेका छन् भने २ लाख ३४ हजार २३१ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ६८९ पुगेको छ भने ११ हजार ६७३ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत