स्वास्थ्य

विश्वभर काेराेनाबाट मृत्यु हुने १६ लाख नाघे, ७ कराेड बढि संक्रमितमध्ये २ कराेडमा अझै भाइरस सक्रिय

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल २ कराेड १ लाख ९८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४ करोड ९६ लाख ३८ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ७ करोड १४ लाख ३८ हजार नाघेको छ भने मृतकको संख्या १६ लाख १ हजार १९० जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार ५९५ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ६२ लाख ९५ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ३ लाख २ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २७ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ९५ लाख ७ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६४ लाख ८५ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९८ लाख २७ हजार २६ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४२ हजार ६६२ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९३ लाख २४ हजार ३२८ जना निको भएका छन् । सक्रिय केस ३ लाख ६० हजार जना ३६ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६८ लाख ३६ हजार जना संक्रमितमध्ये ५९ लाख ५४ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ८० हजारभन्दा बढी छन् । हाल ७ लाख १ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ४६ हजार ६९४ जना पुगेका छन् भने २ लाख ३२ हजार ८७२ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ६७४ पुगेको छ भने १२ हजार १४८ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत