प्रेरणा

जसमा अहंकार छ, धेरै रिस उठ्छ भने उसलाई कुनै शत्रु नै चाहिँदैन

काठमाडौँ । दिनको सुरुवात प्रेरक विचारबाट गरे दिनभर त्यसको प्रभाव परिरहन्छ । प्रेरक विचारले हाम्रा कयौँ समस्याहरुलाई समाधान गर्न सक्छन् । जो व्यक्ति घमण्ड गर्दछ, जसलाई धेरै रिस उठ्छ भने उसलाई कुनै शत्रुको आवश्यकता नै हुन्न । यस्ता व्यक्तिहरु आफैँ आफ्नो शत्रु हुन्छन् । रिसले भनिएका कुराले सम्बन्ध बिग्रन सक्छ । यसकारण क्रोधबाट सधैँ बच्नु पर्दछ ।

प्रेरक विचारहरूः

जीवन परिवर्तन गर्नको लागि संघर्ष गर्नु पर्दछ र सहज बनाउनको लागि जीवनलाई बुझ्नु जरुरी छ ।

जीवनमा राम्रा मान्छे भाग्यले पाइन्छ, उनीहरुसँग दिगो सम्बन्ध राख्नमा हाम्रै भूमिका महत्वपूर्ण हुन्छ ।

बाँच्नुको दुई तरिका हुन्छ । पहिलो, जे मनपर्छ, त्यसलाई हासिल गर्नु पर्छ । दोस्रो, जे हासिल भएको छ, त्यसलाई मन पराउन सिक्नु पर्छ ।

जो व्यक्तिमा अहंकार हुन्छ र धेरै रिस उठ्छ, उसलाई दुश्मनको आवश्यकता नै पर्दैन ।

हामी असल, कम ज्ञानी र बच्चाजस्तै रहनु पर्दछ, जीवनलाई आनन्दको रुपमा लिनुहोस्, यहि नै जीवन हो ।

गाउँ सहर डेस्क

तपाईँको मत