कला

प्रत्येक दिन साढेँ २ किलो खुर्सानी खाने को होलान् यी पुरुष ?

एजेन्सी । चीनका एक जना व्यक्तिले हरेक दिन साँढे दुई किलो खुर्सानी खाने गर्छन् । खुसार्नी खादा उनी आँसु निकाल्दैनन् । हैली योगजी खुर्सानी खाने कारणले चर्चित बनेका छन् । अहिले उनलाई खुर्सानी किंग भनेर चिन्ने गर्दछन् त्यहाँका मानिसहरु । उनले खुर्सानी खाने इच्छाकै कारण घरको पछाडी आठ प्रकारका खुर्सानीका विरुवा रोपेका छन् । हैलीले युवा अवस्थादेखि नै अन्य खाना बिना बाच्न सकेपनि खुर्सानी बिना बाँच्न नसकिने प्रतिक्रिया दिएका छन् ।

प्राय मानिसहरु बिहान उठेर ब्रश गर्छन् तर हैली बिहान उठेर खुर्सानी खान सुरु गर्छन् ।खुर्सानीले नै दाँत सफा गर्छन् । खानामा पिरो आएन भने खानाको स्वाद नै हुदैँन् । उनले रातो र पिरो खुर्सानी स्नैक्स जसरी खाने गर्छन् ।

उनले पुरानो दिन याद गर्दै भने, ‘१० वर्ष पहिला छोराको दुर्घटना ट्रकबाट भएको थियो । उक्त दिनमा पनि कटौरामा खुर्सानी खाएर अस्पताल गएका थिए ।’ उनको खुर्सानी धेरै खाएर शरीरमा कुनै हानी भएको छैन ।  

गाउँ सहर डेस्क

तपाईँको मत