गाउँ सहर

आठ सवारी साधन प्रहरी नियन्त्रणमा 

तनहुँ। प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनलाई तनहुँको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । तनहुँको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाबाट प्रहरीले मंसिर २५ मा आठ सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

व्यास–११ शेरास्थित बुल्दीखोला किनारबाट नदीजन्य पदार्थ उत्खनन एवं लोड गर्दै गरेको अवस्थामा ग १ त ३४४८, ग १ त ४६१७ नम्बरको ट्र्याक्टर, म्याग्दे–५ छाङपाटनस्थित निषेधित जग्गामा गिट्टी बालुवा उत्खनन एवं लोड गरिरहेको अवस्थामा ग १ त १५५५ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको छ । 

त्यस्तै बन्दिपुर–६ स्थित नमूना ग्रिट एण्ड क्रसर प्रालिबाट उत्पादित नदीजन्य पदार्थ लोड गरी ओसारपसार गर्दै गरेको अवस्थामा ना ७ ख ६१५, ग १ क ४२३८, ग १ ख ९२५३ र बा २ क ५२७६ नम्बरको टिपर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका सवारी साधनलाई कारवाहीका लागि सम्बन्धित पालिकामा पठाइएको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत