अर्थतन्त्र

ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ्ग पार्टनरको रुपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई आवश्यक बैंकिङ्ग सेवामा विशेष सहुलियत प्रदान समेत गर्नेछ ।

आइडिया नेपाल इन्टेरिएर डिजाइनरहरुको छाता संगठन हो । यो संस्था आफ्ना सदस्यहरुको वृत्ति विकासका साथै पेशागत हकहितका लागि कार्य गर्दै आइरहेको छ  ।

गाउँ सहर डेस्क

तपाईँको मत