गाउँ सहर

 सांसद लिङ्देनको स्वास्थ अवस्था बुझ्न कमल थापा अस्पतालमा 

काठमाडौँ । राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अवस्था बुझ्न अध्यक्ष कमल थापा मेडिसिटी अस्पताल पुगेका छन् ।लिङ्देन अस्वस्थ भई उपचारार्थ अस्पताल भर्ना भएका हुन् । 

अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईयो पंकज बास्कोटाले अध्यक्ष थापालाई लिङ्देनको पछिल्लो स्वास्थ अवस्था बारे जानकारी दिएका छन् । सांसद लिङ्ग्देनको स्वास्थ अवस्थामा उल्लेख्य सुधार आएको छ । उनको पुनः कोभिड परीक्षणका लागि स्वाव लिइएको अस्पताल स्रोतले जनाएको छ।  श्रोतका अनुसार हाल उनलाई अक्सिजन दिनुपर्ने अवस्था छैन ।

गाउँ सहर डेस्क

तपाईँको मत