प्रेरणा

अफ्ट्यारो समयमा असल भावना जागेपनि अवस्था बदलिएपछि लालच बढ्दछ

काठमाडौँ । जब कुनै व्यक्ति अफ्ट्यारो समयमा फस्दछ, तब उसको मनमा राम्रो भावना जाग्न थाल्दछ । उ राम्रो काम गर्ने मन बनाउँछ र सोच्दछ कि अवस्था ठिक भएपछि सबै नराम्रा कुराबाट टाढा हुनेछ ।

तर अवस्था बदलिएपछि लालच जाग्दछ र आफ्ना अघिल्ला कुराहरु सबै भूल्नेछ । यो कथा मनन् गरौँ ।

धेरै समय पहिला एक व्यापारी नदि किनारको एक नगरमा बस्दथे । एक शहरबाट अर्को शहर जानको लागि नाऊको प्रयोग गर्नु पर्दथ्यो तर उनलाई तैरिन आउँदैन थियो ।

एकदिन उनी नदिको बाटो अर्को नगरमा गइरहेका थिए । नदिको बीचमा उसको नाऊमा पानी भरियो । नाऊमा प्वाल पर्यो । उनी डराए । र भगवानलाई सम्झन थाले । तब उनले एक माछामार्नेलाई देखे ।

महाजनले आवाज दिए- नाऊँ डुबिरहेको छ मलाई तैरन आउँदैन बचाऊ । तिमीलाई मेरो पूरै सम्पति दिन्छु । माछावालाले आफ्नो नाऊ लिएर व्यापारीलाई बचाए ।

माछावालाको नाऊमा बसेपछि महाजनले राहतको सास फेरे । त्यसपछि उनले सोचे- गाह्रो अवस्थामा उनले सबै सम्पति माछावालालाई दिन्छु भनेँ, सबै सम्पति दिएँभने म के गरौँला । पूरै होइन, आधा सम्पति दिन्छु ।

केहि समयपछि व्यापारीले फेरी भने- भाई मेरो परिवारमा पत्नि र बच्चा छन्, मेरो सम्पति उनीहरुको पनि हो । म तिमीलाई आधा होइन, एक चौथाई सम्पति दिन्छु । 

माछावालाले कुनै जवाफ दिइरहेको थिएन ।

जब नाऊ किनारमा पुग्यो तब व्यापारीले सुरक्षित महशुष गर्यो । उसले सोच्यो कि माछावालाले मेरो जीवन बचाएर कुनै ठूलो काम गरेको छैन । यो त उसको कर्तव्य थियो । मानवताको नाताले उसले मेरो मद्यत गरेको थियो । व्यापारीले माछावालालाई थोरै पैसा दिन चाहे, तर उसले त्यो पनि लिन मानेन । महाजन आफ्नो पैसा लिएर त्यहाँबाट हिँडे ।

यो सानो कथाबाट अवस्था असहज हुँदा राम्रो गर्छु भनेपनि सहज सुध्रिएपछि त्यो सबै मानिसले विर्सने गर्दछ । समाज र हामीमा त्यो भावना धेरैमा ज्यूकाँतिहुँ नै छ ।

गाउँ सहर डेस्क

तपाईँको मत