स्वास्थ्य

 ईनारमा खसेको ६ घण्टापछि उद्धार

एजेन्सी । अमेरिकाको टेक्सस राज्यको एक इनारमा खसेको ४ बर्षिय बालकलाई उद्धार गरिएको छ । ८ इन्चको इनारमा खसेको ६ घण्टा पछि बालकलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । गत मंगलबार उनी इनारमा खसेका थिए । सबैको प्रार्थना र सहभागिताको कारण उनको ज्यान बचेको भन्दै स्टार काउन्टी शेरिफले सामाजिक संजालमा बुधबार उक्त कुरा उल्लेख गरेका थिए ।

काउन्टी प्रहरीका अनुसार ४ः४० मिनेटमा प्रहरीलाई कसैले खबर गरेपछि आकस्मिक टोली त्यहाँ पुगेको थियो । कसैको पशुफार्म (र्यान्च) सम्पत्ति स्थित ईनारमा उक्त बालक खसेका थिए । उनलाई उद्धार गरेपछि उद्धार टोलीलाई कर्तल ध्वनिले स्वागत गरिएको थियो । उद्धारपछि बालकलाई तुरुन्तै अस्पताल लागिएको थियो ।  उनको स्वास्थ्य अवस्था अहिले स्थिर अवस्थामा रहेको र उपचार भइरहेको प्रहरीले बताएको छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत