समाज

७० वर्षीया वृद्धाको बलात्कार, घाँटी थिचेर हत्या

झापा । झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा ७० वर्षीया वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको हत्या भएको हो।

प्रहरीले हत्यामा संलग्न भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई प्रहरीले पक्राउ गरेको छ । अभियुक्त बिर्जाले नै आज बिहान प्रहरीलाई चारआलीको पाउँ पाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि महिलाको शव रहेको जानकारी दिएका थिए।

प्रहरीले शङ्का लागि केरकार गर्दा बिर्जा आफैँले बुधबार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको जनाइएको छ। 

बुधबार राति ९ बजेतिर चारआली चोकबाट फकाइफुल्याई राजमार्गको कल्भर्टमुनि लगी बलात्कार गरेर घाँटी थिची हत्या गरेको अभियुक्तले बयान दिएको सूचना अधिकारी थापाले बताए। 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 
 

गाउँ सहर डेस्क

तपाईँको मत