अर्थतन्त्र

सुन तोलामा ९०० सयले घट्यो

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको थियो ।

त्यस्तै तेजाबी सुन पनि प्रतितोला रु ९०० ले ओरालो लागेको छ । बुधबार प्रतितोला रु ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको चाँदी आज प्रतितोला रु एक हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत