स्वास्थ्य

विश्वभर ६ कराेड ९२ लाख मानिस काेराेना संक्रमित, १५ लाख ७५ हजारकाे मृत्यु

काठमाडौं । विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ९६ लाख ६९ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।

संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४ करोड ७९ लाख ८३ हजार जना भन्दा बढि छन् । 

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने ६ करोड ९२ लाख २८ हजार नाघेको छ भने मृतकको संख्या १५ लाख ७५ हजार ६२१ जना पुगेको छ । 

यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ६ हजार ८३१ जनाको अवस्था गम्भीर छ । 

भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ५८ लाख २० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ९६ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २७ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म ९२ लाख २६ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६२ लाख ९६ हजार जनामा भाइरस सक्रिय छ । 

छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९७ लाख ६२ हजार ३२६ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ४१ हजार ७३५ जनाको ज्यान गइसकेको छ । जसमध्ये ९२ लाख ४४ हजार ५०५ जना निको भएका छन् । सक्रिय केस ३ लाख ७६ हजार जना ८६ मात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । 

तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६७ लाख ३० हजार जना संक्रमितमध्ये ५९ लाख १ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ७९ हजारभन्दा बढी छन् । हाल ६ लाख ४९ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

नेपालमा भाइरस संक्रमित २ लाख ४४ हजार ४३३ जना पुगेका छन् भने २ लाख ३० हजार ५३७ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ६५१ पुगेको छ भने १२ हजार २४५ जना उपचाररत छन्  ।

गाउँ सहर डेस्क

तपाईँको मत