समाज

विद्युतीय माध्यमबाट सूचना चोरीमा संलग्न युवक प्रहरी नियन्त्रणमा

काठमाडौँ ।  विद्युतीय माध्यमबाट सूचना चोरीमा संलग्न युवक  प्रहरीले पक्राउ गरेको छ । सरकारी तथा निजी क्षेत्रका सूचना प्रवाहका आधिकारिक विद्युतीय माध्यमहरुमा अनधिकृत रुपमा पहुँच बनाई कानून विपरित काम गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नवलपरासी पश्चिम सुनवल घर भइ हाल काठमाडौँ–२६ रानीबारी बस्दै आएका १९ वर्षीय दिनेश तिवारी रहेका छन् । 

प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरोको टोलीले ह्याकर्स हन्ट नामक विशेष अभियान चलाएर सूचना चोरीमा संलग्न तिवारीलाई मंगलबार पक्राउ गरेको हो । तिवारीले निजी क्षेत्रको अनलाईन बिजनेशमा रहेको डाटाबेसमा गएर सो डाटा सार्वजनिक गरी कानून विपरित कार्य गरेको साइबल ब्यूरोले जनाएको छ ।

तिवारीलाई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ बमोजिमको कसुरमा पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत