खेल

म्यानचेस्टर युनाइटेडलाई गम्भीर धक्का, म्यानचेस्टर युनाइटेड समूह चरणबाटै बाहिरियो

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई गम्भीर धक्का लागेको छ । उ जर्मन क्लब आरबी लेइप्जिगसँग पराजित भएर च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिन बाध्य भएको हो । समूह एच अन्तर्गत मंगलबार राति भएको खेलमा घरेलु टोली आरबीले म्यानचेस्टर युनाइटेडलाई ३–२ ले पराजित गरेको थियो ।

आरबीका लागि एन्जेलिनो, हैदरा र क्लुइभर्टले गोल गरे । म्यानचेस्टर युनाइटेडका लागि अन्तिम समयमा ब्रूनो फेर्नान्डेस र पउल पोग्बाले गोल गरे पनि विजय हुन सकेनन् ।जितपछि आरबी १२ अंकसहित समूह विजेता बन्यो । नौँ अंक रहेको म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा रहन बाध्य भएको छ ।

समान ९ अंक नै भए पनि हेड टू हेडका आधारमा पिएसजी दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ । युनाइटेड युरोपा लिगमा झरेको छ ।

गाउँ सहर डेस्क

तपाईँको मत