अर्थतन्त्र

सात लाख फिर्ता गर्ने महान रिक्सा चालक

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्सा चालक देवराज बर्माले रिक्सामा छुटेको सात लाख ४० हजार रुपैयाँ सहितको झोला सम्बन्धित व्यक्तिलाई बुझाएका गरेका छन् । सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका–५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकम सहितको झोला बर्माले मङ्गलबार जिल्ला प्रहरी कार्यालमा पुगेर फिर्ता गरेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार रिक्सामा झोला छुटेको जानकारी पाए लगत्तै नाथले सोमबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराएका थिए । पैसा सहितको झोला हराएको खबर पाएको प्रहरीले सडकमा राखिएको सिसी क्यामेराको मद्दतले नाथ चढेको भे १ ह ५०१९ नम्बरको अटोरिक्सा पहिचान गरी चालकलाई खबर गरेपछि रकम फिर्ता भएको हो ।

प्रहरीले रिक्सा चालक बर्मालाई सम्पर्क गरी रकम सहितको झोला मगाएको थियो । झोला बोकेर प्रहरी कार्यालय पुगेका बर्माले प्रहरीको रोहवरमा सम्बन्धित व्यक्तिलाई झोला फिर्ता गरेका हुन् । प्रविधिको प्रयोगबाट नगद सहितको झोला हराएको केही समयमा नै  फेला पार्न प्रहरी सफल भएको प्रहरीले बताएकाे छ ।  

गाउँ सहर डेस्क

तपाईँको मत