समाज

नक्कली सवारी चालक अनुमति पत्र बनाउने एक जना युवक पक्राउ

काठमाडौँ ।  नक्कली सवारी चालक अनुमतिपत्र बनाएको अभियोगमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगडी नगरपालिका–१२ घर भएका २८ वर्षे आशिष गिरी रहेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले गिरीलाई पक्राउ गरेको हो । उनले प्रयोग गर्दै आएको बा १५ च ४६८४ नम्बरको कार तथा कीर्ते गरी बनाइएका ३८ थान नक्कली सवारी चालक अनुमतिपत्र समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे  बताएको छ । 

गाउँ सहर डेस्क

तपाईँको मत